सप्तरीमा रुखबाट लडेर एक वृद्धको मृत्यु

Published on

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका–२ परसाहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय परशुराम पुवेल रहेका छन्।

पुवेल बिहीबार साँझ आफ्नो घर नजिकैको परसाहा सामुदायिक वनमा घाँस काट्न गएका थिए। सोही क्रममा कर्माको रुखमा घाँस काट्दै गर्दा हाँगा भाँचिएपछि उनी भुईँमा लडेका हुन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार पुवेल घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए।

उनी बाख्रा चराउन गएका स्थानीयवासीले रुखबाट लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान थालेको जनाएको छ।

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...