सप्तरीमा रुखबाट लडेर एक वृद्धको मृत्यु

Published on

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिका–२ परसाहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय परशुराम पुवेल रहेका छन्।

पुवेल बिहीबार साँझ आफ्नो घर नजिकैको परसाहा सामुदायिक वनमा घाँस काट्न गएका थिए। सोही क्रममा कर्माको रुखमा घाँस काट्दै गर्दा हाँगा भाँचिएपछि उनी भुईँमा लडेका हुन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार पुवेल घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए।

उनी बाख्रा चराउन गएका स्थानीयवासीले रुखबाट लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान थालेको जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...