गुण्डुमा ‘ओलीकुटी’ निर्माण हुने, स्थानीयको पहलमा नयाँ आवास बन्ने

Published on

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमतीका लागि भक्तपुरको गुण्डुमा नयाँ आवास निर्माण हुने भएको छ।

गुण्डुबासीको पहलमा बन्न लागेको सो आवासबारे जानकारी दिँदै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष ओली दम्पतीका लागि ‘ओलीकुटी’ निर्माण गर्ने निर्णय भएको बताए।

बस्नेतका अनुसार स्थानीयवासीहरूले आफ्नै पहलमा ‘ओलीकुटी’ निर्माण गर्ने संकल्प लिएका छन् र आफू उक्त निर्माण समितिको संयोजकका रूपमा रहनेछन्।

गत भदौ २४ गते ओलीको बालकोटस्थित निजी निवासमा जेनजी आन्दोलनका नाममा आगजनी भएको थियो। उक्त भवन राज्यको नाममा नामसारी गरिएको भए पनि त्यहाँ ओलीले जीवनभर सङ्कलन गरेका पुस्तक, उपहार तथा अमूल्य सामग्रीहरू रहेका थिए। आगजनीपछि ती सामग्री नष्ट भएको र केही लुटपाटसमेत भएको ओली दम्पतीको भनाइ छ।

महेश बस्नेतका अनुसार बालकोटमा जलेको घर पुनःनिर्माण नहुने र नयाँ आवास गुण्डुमा निर्माण गरिने भएको हो। ओली दम्पतीले बस्नेत र एमाले नेताहरूको साथमा हालै बालकोटस्थित जलेको घर अवलोकन पनि गरेका थिए।

‘ओलीकुटी’ निर्माणका लागि भवनको संरचना र स्वरूपबारे सुझाव सङ्कलन थालिएको बस्नेतले बताएका छन्।

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...