व्यवस्थित खोर निर्माणसँगै व्यवसायिक बाख्रापालनमा वालिङका कृषक आकर्षित

Published on

काठमाडौं । स्याङ्जाको वालिङ कृषकहरुले बाख्रा पालनका लागि व्यवस्थित खोर निर्माण गरेका छन् । खोरको सुधारमा ध्यान दिएसँगै कृषकहरुले व्यावसायिक बाख्रापालन गर्न लागेका हुन् ।

वालिङ नगरपालिका–४ का कृषक केशर दाहालले आधुनिक तथा व्यवस्थित खोर निर्माण गरेसँगै आफूहरु बाख्रा पालनमा आकर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्तव्यस्त तरिकाबाट बाख्रा पालन गर्दै आएका थियौं, खोर निर्माणसँगै बाख्राको सङ्ख्या पनि बढाएका छौं ।” केशरले खोर निर्माण हुनुभन्दा पहिले पाँच वटा माँउ बाख्रा पाल्दै आउनु भएको थियो, तर अहिले माँउको सङ्ख्या १० पुर्‍याउनु भएको छ । 

पालिकाका कृषकहरुले आर्थिक वर्ष २०८१/८२ मा सुधारिएको तथा आधुनिक गरी ९० वटा खोर निर्माण गरेका छन् । पालिकाले सञ्चालन गरिरहेको ‘वालिङ कृषि विकास परियोजना’अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा बाख्राको खोर निर्माण गरिएको हो ।

वडा नं. ६ का कृषक सीता कामीले अनुदानमा खोर निर्माण गर्न पाए पछि आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै तरिकाले बाख्रा पाल्दै आएका थियौं, अहिले त खोरको स्वरुप नै फेरियो” उहाँले पनि नयाँ खोरसँगै बाख्राको सङ्ख्या थप्नु भएको छ ।

पालिकाका १ देखि ७ वटा वडामा सञ्चालन भएको कार्यक्रमले कृषकहरुको माग र आवश्यक्ताका आधारमा खोर निर्माण गरिएको परियोजनाका फोकल पर्सन तथा नगरपालिका पशु सेवा शाखा प्रमुख डा. रोशन बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्परागत रुपमा पाल्दै आएका कृषक व्यवसायिक बनाउन सुधारिएको खोर निर्माणले सहयोग पुर्याएको छ ।”

सुविधा सम्पन्न खोरमा बाख्रा पालन गर्दा विभिन्न रोगको सङ्क्रमण कम हुनुको साथै उत्पादन र उत्पादकत्व वृद्धि हुने डा. बस्यालले बताउनुभयो ।

बाख्रा पालनलाई व्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणको भनाइ छ । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गर्ने पालिकाको योजना अनुरुप काम भइरहेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा बनेको खोर देखे पछि कृषकहरु आधुनिक र व्यवस्थित खोर निर्माण तर्फ आकर्षित भएको वडा नं.५ का वडा अध्यक्ष छवी आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “खोर निर्माण गर्नु पर्छभन्दा चासो नदेखाएका कृषकहरु पछिल्लो समय लौन हाम्रो पनि खोर बनाउनु पर्‍यो भन्दै आएका छन् ।”

वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक र प्राविधिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चलिन परियोजनाले साना किसान र महिलाहरुको लागि उद्यमशीलतामा जोड्ने काम गर्दै आइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...