विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

Published on

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय सोमलाल गोलेको ढुङ्गा माटो र ढुङ्गाको पाताले छाएको दुई तले कच्ची घरमा मङ्गलवार विद्युत सर्ट भएर आगलागी भएको हो। 

आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागी हुँदा नगद दुई लाख रुपियाँ, अन्नपात, सुन दुई तोला, चाँदी चार तोला, भाँडाकुँडा, लत्ता कपडा, खाट, टेबल, कुर्सी, टि.भि., मिटर बक्स, कागजातसहित तेह्र लाख बराबरको क्षति भएको छ। 

घर पूर्ण रूपमा जलेपछि सोमलालको परिवार आफ्नै भाइको घरमा गएर बसेका छन्। आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी खानिखेत मकवानपुरले जनाएको छ।गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...