लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने बढ्दो

Published on

काठमाडौं । हिजो आज चीनसँग सिमाना जोडिएको लाप्चा क्षेत्रको मौसम सफा हुँदा नेपाली भूमिबाट लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न निक्कै सहज छ । न्यालु र लाप्चा क्षेत्रको हिउँ फाल्ने कार्य हुनु र मौसम पनि सफा हुने सिजन भएको कारण तीर्थ यात्रीहरुलाई सहज हुने गरेको हो।

यो मौसम नै लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने उपयुक्त समय भएको भरखरै लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गरेर फिर्ता हुनु भएकी छपाल लामाले बताउनुभयो । चिसो बढी हुने गरेको भएपनि कैलाश मानसरोवर स्पष्ट र सफासंग देखिनु नै ठुलो कुरा भएको उहाँले बताउनुभयो । लाप्चा क्षेत्र पुगेपछि बसौ बसौ र हेरी रहुँ जस्तो लाग्ने गरेको बताउदै मन नहुँदा नहुँदै फर्कनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

गत असोज २४ र २५ गते परेको हिमपातले केही लाप्चा जान समस्या गरेको भएपनि न्यालु, ताक्ची, पुल्की लाग्ना लगाएतका क्षेत्रमा जमेको हिउ पुर्वाधार बिकास कार्यालयबाट फाल्ने कार्य गरिएपछि लाप्चा पुग्न सहज भएको र यसबााट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लाप्चा पुग्न संभव भएको नााम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । 

अन्य मौसममा बादल लागि रहने भएको कारण मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने नसकिने निश्चित नभएको बताउदै उहाँँँँँँँले यतिबेला भने आम्ने साम्ने भए जस्तै देखिदा मनै आनन्दित हुने गरेको उहाँँँले बताउनुभयो । चिसो बढी हुने र तापक्रम माईनस डिग्री सेल्सिएस हुने भएको कारण बाक्ला र न्याना कपडा बोकेर जानु पर्ने उहाँको सुझाव छ । 

शुक्रबार मात्र दुई वटा जीपमा आन्तरिक पर्यटकहरु ताक्चीबाट ल्यालुतर्फ गएको बताउँदै अब हिउ नपर्दासम्म लाप्चा जान सकिने छ । यो सिजम न्यालु यात्राका लागि उपयुक्त समय भएको उहाँले बताउदै यस वर्ष आन्तरिक र वाह्य पर्यटक गरि एक हजार भन्दा बढीले यात्रा गरेको उहाँले बताउनुभयो । बस्ने बास र खाने  होटेलको पनि समस्या हैन । तुम्लिङ र टाक्ची गरि एक रातमा सत्तरी जना भन्दा बढी पर्यटकहरुको ब्यवस्था गर्न सकिने अवस्था रहेको छ ।गोरखापत्र 

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...