लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने बढ्दो

Published on

काठमाडौं । हिजो आज चीनसँग सिमाना जोडिएको लाप्चा क्षेत्रको मौसम सफा हुँदा नेपाली भूमिबाट लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न निक्कै सहज छ । न्यालु र लाप्चा क्षेत्रको हिउँ फाल्ने कार्य हुनु र मौसम पनि सफा हुने सिजन भएको कारण तीर्थ यात्रीहरुलाई सहज हुने गरेको हो।

यो मौसम नै लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने उपयुक्त समय भएको भरखरै लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गरेर फिर्ता हुनु भएकी छपाल लामाले बताउनुभयो । चिसो बढी हुने गरेको भएपनि कैलाश मानसरोवर स्पष्ट र सफासंग देखिनु नै ठुलो कुरा भएको उहाँले बताउनुभयो । लाप्चा क्षेत्र पुगेपछि बसौ बसौ र हेरी रहुँ जस्तो लाग्ने गरेको बताउदै मन नहुँदा नहुँदै फर्कनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

गत असोज २४ र २५ गते परेको हिमपातले केही लाप्चा जान समस्या गरेको भएपनि न्यालु, ताक्ची, पुल्की लाग्ना लगाएतका क्षेत्रमा जमेको हिउ पुर्वाधार बिकास कार्यालयबाट फाल्ने कार्य गरिएपछि लाप्चा पुग्न सहज भएको र यसबााट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लाप्चा पुग्न संभव भएको नााम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । 

अन्य मौसममा बादल लागि रहने भएको कारण मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने नसकिने निश्चित नभएको बताउदै उहाँँँँँँँले यतिबेला भने आम्ने साम्ने भए जस्तै देखिदा मनै आनन्दित हुने गरेको उहाँँँले बताउनुभयो । चिसो बढी हुने र तापक्रम माईनस डिग्री सेल्सिएस हुने भएको कारण बाक्ला र न्याना कपडा बोकेर जानु पर्ने उहाँको सुझाव छ । 

शुक्रबार मात्र दुई वटा जीपमा आन्तरिक पर्यटकहरु ताक्चीबाट ल्यालुतर्फ गएको बताउँदै अब हिउ नपर्दासम्म लाप्चा जान सकिने छ । यो सिजम न्यालु यात्राका लागि उपयुक्त समय भएको उहाँले बताउदै यस वर्ष आन्तरिक र वाह्य पर्यटक गरि एक हजार भन्दा बढीले यात्रा गरेको उहाँले बताउनुभयो । बस्ने बास र खाने  होटेलको पनि समस्या हैन । तुम्लिङ र टाक्ची गरि एक रातमा सत्तरी जना भन्दा बढी पर्यटकहरुको ब्यवस्था गर्न सकिने अवस्था रहेको छ ।गोरखापत्र 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...