आगलागीबाट जलेर घर नष्ट

Published on

 काठमाडौं । जुम्लाको पातारासीमा आगलागीबाट जलेर घर नष्ट भएको छ । पातारासी गाउँपालिका –४ डिल्लीचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट स्थानीय बिन्दराम विकको दुई तले घरमा विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयको भनाइ छ । आगलागीबाट करिब १९ लाख ९० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुन, नगद तथा अन्य सम्पूर्ण घरायसी सामग्री जलेर नष्ट भएको छ । 

घरमा पालिएका चारवटा बाख्रा र दुईवटा खरायो पनि जलेको उहाँले बताउनुभयो ।  बिहान करिब ४:५० बजे घरबाट धुवाँको मुस्लो निस्किएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए ।

आगलागी पछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब चार घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीपछि पीडित बिन्दाराम विकको परिवार घरविहीन भएको छ । हाल उहाँको परिवार छिमेकीकोमा आश्रय लिएर बसिरहेको छ ।  लत्ताकपडा र अन्नपात सबै जलेकाले उहाँहरुलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीयको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...

बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका...

झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत

काठमाडौं । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके...

लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ...