बाँकेमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु, स्थानीय त्रसित

Published on

काठमाडौं । बाँके र बर्दिया क्षेत्रमा पछिल्ला दिनमा बाघ र चितुवाको आक्रमणका घटनामा वृद्धि हुँदै गएको छ। राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाहिर निस्केका वन्यजन्तुले वरिपरिका गाउँमा मानिसमाथि निरन्तर आक्रमण गर्न थालेका छन्।

त्यस्तै, बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा शुक्रबार बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। मृतक ४० वर्षीय इन्द्र बहादुर खत्री राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोलका बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार खत्री शुक्रबार दिउँसो रिम्ना सामुदायिक वनतर्फ गएका थिए। साँझसम्म घर नफर्केपछि स्थानीयहरूले खोजतलास गर्दा शनिबार बिहान करिब साढे सात बजे उनको शव बाघको आक्रमणको अवस्थामा भेटिएको थियो। शव तीन टुक्रा भएकोले बाघकै आक्रमणबाट मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ। साथै, बाघ र चितुवाको आक्रमण बारम्बार हुने भएकाले स्थानीयलाई एक्लै वनतिर नजान र विशेषगरी साँझपख घाँसदाउरा गर्न नजाने सुझाव पनि दिएको छ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार निकुञ्ज वरिपरि बाघ र चितुवाको बढ्दो गतिविधिले स्थानीय बासिन्दा त्रसित र असुरक्षित महसुस गरिरहेका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...