गौशालामा एक पुरुष शव फेला

Published on

काठमाडौं । महोत्तरीको गौशालामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो । स्थानीयले शनिबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको इप्रका इन्चार्ज इन्स्पेक्टर रमेश लामाले बताउनुभयो । उहाँले फेला परेको शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको रहेको जानकारी दिनुभयो ।

स्थानीयका अनुसार, मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । केही समयदेखि उनी ज्वरो आएर स्वास्थ्य समस्याबाट पीडित रहेको थियो । अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुन सक्ने आशङ्का प्रहरीले गरे पनि शव परीक्षण पश्चात मात्र केही ठोस कारण भन्न सकिने प्रनि लामाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...