कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

Published on

काठमाडौं । कास्की कारागारबाट फरार भएका एक कैदी स्याङ्जामा पक्राउ परेका छन्। गत भदौ २४ गते ‘जेलब्रेक’ आन्दोलनको क्रममा कारागारबाट भागेका स्याङ्जा पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय विश्वास नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका कैदी नेपालीलाई भीरकोट नगरपालिका–१ दार्सिङ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो।

उनी पक्राउ गर्न वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको संयुक्त विशेष अपरेसन टोलीले शुक्रबार सफल भएको हो। पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः जिल्ला कारागार स्याङ्जामा पठाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...