आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

Published on

काठमाडौं । दसैँतिहार बिदाको अवसर पारेर म्याग्दी र मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकका कारण म्याग्दीका होटलहरु भरिभराउ भएका छन् । पर्यटक आगमन बढेसँगै बेनी, पर्वत बेनी, गलेश्वर, सिंगा तातोपानी र कालिगण्डकी कोरिडोरमा पर्ने ठुला तथा साना होटलहरु भरिभराउ भएका हुन् । पर्यटक आगमन बढेपछि होटल व्यवसायीहरु उत्साहित भएका छन् ।

बेनी हुँदै जिल्लाका पर्यटकीय स्थल घोडेपानी, अन्नपूर्ण आधार शिविर, भुरुङ तातोपानी, खोप्रालेक, सिंगा तातोपानी लगायतका पर्यटकीय स्थलहरुमा यतिखेर पर्यटकको भिड बढेको छ । तिहारको भोली पल्टदेखि नै आन्तरिक पर्यटकको आगमन बढेपछि होटल तथा रेष्टुरेण्टहरु भरिभराउ भएको गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले बताउनुभयो ।

शुक्रबार बेलुका पर्यटकको अत्याधिक चाप बढेपछि सामाजिक सञ्जालमा सूचना नै जारी गरेर पर्वत र बागलुङबाट म्याग्दी आउँदा होटलका बारेमा बुझेर मात्र आउन अनुरोध गर्नुपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार एक सातादेखि यता बेनी आसपास र कालिगण्डकी कोरिडोरको बेनीदेखि कोरला सम्मका होटलहरु आन्तरिक पर्यटकले भरिएका छन् ।

बेनी बजारका करिब ५० होटलले करिब एक हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता राखे पनि पर्यटक आगमन बढेपछि सेवा दिन कठिनाइ भएको होटल व्यवसायी आचार्यले बताउनुभयो ।

शुक्रबार बेलुका पर्यटकको अत्याधिक चापका कारण पर्यटकलाई बसोबासको समस्या भएपछि प्रहरी, स्थानीयवासी, युवा र होटल व्यवसायी मिलेर बसोबासको व्यवस्थापन गरिएको थियो । अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्ग र आसपासका नयाँ गन्तव्यहरूको प्रचार–प्रसारले यस वर्ष पर्यटक आगमनमा वृद्धि ल्याएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...