आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

Published on

काठमाडौं । दसैँतिहार बिदाको अवसर पारेर म्याग्दी र मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकका कारण म्याग्दीका होटलहरु भरिभराउ भएका छन् । पर्यटक आगमन बढेसँगै बेनी, पर्वत बेनी, गलेश्वर, सिंगा तातोपानी र कालिगण्डकी कोरिडोरमा पर्ने ठुला तथा साना होटलहरु भरिभराउ भएका हुन् । पर्यटक आगमन बढेपछि होटल व्यवसायीहरु उत्साहित भएका छन् ।

बेनी हुँदै जिल्लाका पर्यटकीय स्थल घोडेपानी, अन्नपूर्ण आधार शिविर, भुरुङ तातोपानी, खोप्रालेक, सिंगा तातोपानी लगायतका पर्यटकीय स्थलहरुमा यतिखेर पर्यटकको भिड बढेको छ । तिहारको भोली पल्टदेखि नै आन्तरिक पर्यटकको आगमन बढेपछि होटल तथा रेष्टुरेण्टहरु भरिभराउ भएको गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले बताउनुभयो ।

शुक्रबार बेलुका पर्यटकको अत्याधिक चाप बढेपछि सामाजिक सञ्जालमा सूचना नै जारी गरेर पर्वत र बागलुङबाट म्याग्दी आउँदा होटलका बारेमा बुझेर मात्र आउन अनुरोध गर्नुपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार एक सातादेखि यता बेनी आसपास र कालिगण्डकी कोरिडोरको बेनीदेखि कोरला सम्मका होटलहरु आन्तरिक पर्यटकले भरिएका छन् ।

बेनी बजारका करिब ५० होटलले करिब एक हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता राखे पनि पर्यटक आगमन बढेपछि सेवा दिन कठिनाइ भएको होटल व्यवसायी आचार्यले बताउनुभयो ।

शुक्रबार बेलुका पर्यटकको अत्याधिक चापका कारण पर्यटकलाई बसोबासको समस्या भएपछि प्रहरी, स्थानीयवासी, युवा र होटल व्यवसायी मिलेर बसोबासको व्यवस्थापन गरिएको थियो । अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्ग र आसपासका नयाँ गन्तव्यहरूको प्रचार–प्रसारले यस वर्ष पर्यटक आगमनमा वृद्धि ल्याएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...