यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

Published on

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ६८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, आलु रातो (मुडे) प्रतिकिलो रु ४७, आलु सेतो प्रतिकिलो रु ५४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १३०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।

यसैगरी, मटर कोसा प्रतिकिलो रु ३००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु २३०, टाटे घिउ सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु ९०, तीतो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५५, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौँला प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ७५, फर्सी (लाम्चो) प्रतिकिलो रु ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु १००, भिन्डी प्रतिकिलो ९०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु १०० कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकेजी रु २५०, तोरीको साग प्रतिकिलो रु १००, मेथीको साग प्रतिकिलो रु २००, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १४०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २४०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १३०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ३६०, सुन्तला (नेपाली) प्रतिकिलो रु ८०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु १८०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भातरीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ११० र लप्सी प्रतिकिलो रु ५५, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु १५० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु २००, हरियो लसुन प्रतिकिलो रु ३५०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १३०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ । रासस 

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...