नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण

Published on

काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । 

प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड पोखरीको शिरमा रहेको ६ हजार नौसय ५८ मिटर अग्लो नुम्बुर हिमाल आरोहणका लागि गएको टोलीले १५ घण्टाको प्रयासपछि चुचुरोमा पाइला टेक्दै इतिहास रचेको हो । सेभेन समिट ट्रेक कम्पनीमार्फत हिमाल आरोहणका लागि गएको तीन सदस्यीय विदेसी टोलीले नुम्बुर हिमालको सफल आरोहण गरेको हो ।  

सेभेन समिटका कर्मचारी कर्मा छिरिङ शेर्पाका अनुसार पोल्याण्डका नागरिक आडम, जर्मनीका फोलिक्स र इटालियन नागरिक हर्भले आरोहण सफल गरेर फर्किएका हुन् । सोलुदुधकुण्ड नगरपालिकाको पहलमा पर्यटन विभागले पछिल्लो समय नेपालका केही हिमाल आरोहणका लागि खुला गर्दा नुम्बुर हिमाल पनि खुला भएको थियो । यससँगै नुम्बुर हिमालमा पाइला टेक्ने पहिलो आरोहीको नाम इतिहासमा दर्ज भएको छ ।

हिमालको सफलतापूर्वक आरोहण गरेपछि वडाध्यक्ष छोङ्बा शेर्पा लगायत स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका छन् । नुम्बुर आरोहण सफल भएसँगै पर्यटनमा नयाँ ढोका खोलिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

यसअघि सन् १९६३ मा जापानी आरोहण दलका आरोहीहरूले आरोहणको प्रयास गरेको भए पनि उक्त प्रयास असफल भएको स्थानीय जानकारले बताएका छन् । यस्तै, दोस्रो पटक १९८१ मा फ्रान्सेली आरोहण दलका सदस्यहरूले समेत आरोहणको प्रयास गरेका थिए ।  उनीहरू पनि असफल भएका थिए । पछिल्लो पटक गएको दुई वटा आरोहण टोलीमध्ये एउटा टोलीले सफल आरोहण गरेको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...