छठ पर्वले मधेशका डोम समुदायमा ल्यायो खुशियाली, बाँस–बेतका सामग्री बनाउन भ्याइनभ्याई

Published on

काठमाडौं । मधेशका अति विपन्न र अल्पसङ्ख्यक समुदायमध्ये पर्ने डोम समुदाय वर्षभरि ज्याला मजदुरी गरेर जीविका चलाउने गर्छन्। गरिबी र बेरोजगारीका कारण प्रायः हातमुख जोर्नसमेत मुस्किल हुने यो समुदायका लागि छठ पर्व भने खुसी र आशाको प्रतीक बनेको छ। छठ पर्व सुरु भएसँगै बाँस र बेतका चोया काट्ने, डालो, नाङ्लो र टपरी बनाउने काममा उनीहरू व्यस्त छन्। यही पेशाबाट वर्षको यो समयमा उनीहरूलाई राम्रो आम्दानी हुने गरेको छ। गौशाला नगरपालिकाका मंजय मलिकका अनुसार, “छठ सुरु हुनासाथ हाम्रो गाउँमा उत्साह आउँछ। सधैंका दुःख बिर्सेर मीठोमसिनो खान र नयाँ कपडा लगाउन पाउँछौं।”

डोम समुदायका ईन्दल मलिक भन्छन्, “अब हाम्रो सीपको मूल्य वर्षमा यही बेला मात्र देखिन्छ। छठमा हाम्रा हातले बनाइएका सामानकै माग बढ्छ।” छठ पर्वका लागि बाँस र बेतका भाँडाकुडा अनिवार्य हुने भएकाले अहिले महोत्तरी, धनुषा लगायतका जिल्लामा डोम समुदायका मानिसहरूलाई कामको चटारो छ। प्रत्येक परिवारलाई पाँचदेखि सातवटा नयाँ बाँसका सामान चाहिने भएकाले बजारमा आपूर्ति गर्नै मुस्किल भएको उनीहरूको भनाइ छ। गौशाला नगरपालिका–५ की सबिता मलिक भन्छिन्, “सारा वर्ष दुःख गर्छौं, तर छठ आउँदा गाउँमै काम पाइन्छ। यसले हाम्रो घरको चुल्हो बल्छ।”

एक बाँसको मूल्य अहिले रु २२५ देखि ३०० सम्म पर्छ, र त्यसबाट बनेका डालो, नाङ्लो, टपरी जस्ता सामग्री बजारमा रु ३०० देखि १,५०० सम्ममा बिक्री हुन्छन्। छठ पर्व नजिकिँदै जाँदा बजारमा ती सामग्रीको माग तीव्र बनेको छ। छठ पर्वलाई मधेशवासी मात्र नभई विभिन्न जातजाति र धर्मावलम्बीले संयुक्त रूपमा मनाउने गर्छन्। यही कारणले पनि यो पर्वले डोम समुदायको सीप र श्रमलाई सम्मान दिलाउने अवसर बनिदिएको छ।गोरखापत्र

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...