छठ पर्वमा सुरक्षा व्यवस्था कडा

Published on

काठमाडौं । झापामा छठ पर्वको तयारी तीव्र रुपमा भएको छ । भारतसँग सिमा जोडिएको झापाको भद्रपुर र मेचीनगरमा वर्षौदेखि नेपाल र भारतका नागरिकहरुले संयुक्त रुपमा छठ पर्व मनाउने गरेका छन् । एकआपसको सद्भाव र भाईचारा साटासाट गर्दै दुई देशका नागरिकले छठ मनाउने गरेकाले यसलाई महत्त्वका साथ हेरिनेगर्छ ।

दुई देशको सिमा खोला मेचीमा मात्र नभएर जिल्लाका अधिकांश खोलाहरुमा घाट निर्माण हुने गरेका छन् । दमकको रतुवा खोलामा पनि सयौँ घाटहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कन्काई, विरिङ, कमल, गेउरीया लगायतका खोलाहरुमा समेत घाट निर्माण गरेर सामूहिक पूजा अर्चना हुने गरेको छ ।

घाट निर्माण, बिजूलीबत्तिको व्यवस्थापन, खानेपानी, अस्थाई शौचालय निर्माणलगायतका काममा स्थानीय सरकारले सहयोग गर्ने गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यको उपसनासहित मनाइने पर्वमा बेलुका र बिहानको राति खोला किनारमा धेरै भिड हुने भएकाले सुरक्षा चिन्ता भने बढेको बताइएको छ ।

भद्रपुरको मेची किनारमा पूर्वकै सबैभन्दा धेरै भक्तजनहरुको उपस्थिति हुने भएकाले यहाँ स्थानीय प्रशासनले विशेष सुरक्षा अवलम्बन गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बिहान बेलुका संयुक्त गस्ति गर्दै आएका छन् ।

दमक, बिर्तामोड, भद्रपुरलगायतका प्रमुख बजार क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुद बनाइएको प्रहरीको भनाइ छ । सिमा क्षेत्रमा हुने चहलपहल र गतिविधिलाई दुबै देशका सुरक्षाकर्मीहरुले समन्वय गरेर निगरानी राख्दै आएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । भारतको विहारमा चुनावको समय भएकाले त्यहाँ सिमामा पनि कडाइ रहेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...