कालीगण्डकी नदिमा जलयातायात (स्टिमर) सूचारु

Published on

काठमाडौं । गत जेठदेखि बन्द भएको कालीगण्डकी नदिमा जलयातायात सूचारु भएको छ  । शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलप्रसाद भट्टराईका अनुसार वर्षायाममा नदिमा पानीको बहाव बढेका कारण बन्द भएको जलयातायात सूचारु भएको हो । शनिबार भएको समितिको बैठकबाट जलयातायात सूचारु गर्ने निर्णण भएको उहाँले बताउनुभयो । स्याङ्जाको आधिमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको  कालीगण्डकी नदिमा जलयातायात अहिले सङ्कटमा पर्न थालेको छ । पहिले खाद्यन्न र यात्रुहरु खचाखच बोक्ने जलयातायात (स्टिमर) अहिले  मेला पर्वहरुमा मात्र सीमित भएको हो ।

गुल्मी खण्डको कालीगण्डकी करिडोर र पर्वत खण्डको कालीगण्डकी लोक मार्ग खुलेपछि अहिले कहिले मेला पर्व र धर्म कर्म गर्ने मान्छेहरु आउँछन् भनेर व्यवसायीहरु पर्खेर बस्नु वाहेकको विकल्प छैन । कहिलेकाही भर्मण आउँनेहरुले स्टिमर रिर्जव गरेर सेतिबेनी शिला शालीग्रामको दर्शन गर्न  आउने जाने गर्ने गरेता पनि नियमित रुपमा यात्रुहरुको अभावका कारण समस्या भएको भट्टराईले बताउनुभयो । गुल्मी खण्ड, स्याङ्जा र पर्वत खण्डमा जताततै मोटरबाटोहरुको पहुँच भएका कारणले पनि स्टिमर सञ्चालनमा प्रभाव परेको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृत लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई सञ्चालनमा आएको छ । पहिले १२ वटा साना ठुला गरी स्टिमरहरु रहेता पनि हाल भने तीन वटा मात्रै सञ्चालनमा रहेका छन्  । प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दुई सय रुपियाँ निर्धारण गरिएको छ  भने रिर्जवका लागि दुई हजारदेखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाइ छ । कालीगण्डकी नदिमा मिर्मीदेखी सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेटसम्मको रहने भट्टराइले जानकारी दिनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...