काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ। मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन्। प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष ती मन्त्रीहरूको नियुक्तिका लागि नाम सिफारिस गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सिफारिस अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगार मन्त्रालयमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुद मन्त्रालयमा बब्लु गुप्ता नियुक्त हुने भएका छन्।
नयाँ मन्त्रीहरूले आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ।

