बैतडीलगायत सुदूरपश्चिमका शक्तिपीठमा जात्राको रौनक

Published on

काठमाडौं । दसैँ–तिहार सकिएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा, जात्रा र मेलाको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष प्रारम्भ भएसँगै बैतडीका गाउँ–सहरहरू भक्तजनको भीडले गुञ्जिएका छन् । बाहिरबाट आएका श्रद्धालुका कारण स्थानीय बजारमा समेत चहलपहल बढेको स्थानीयवासी बताउँछन् ।

सदरमुकाम नजिकै रहेको रणशैनी भगवतीको नामले प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल अष्टमी र नवमीका दिन विशेष जात्रा लाग्ने गर्दछ । उक्त अवसरमा राँगा र बोकाको बलि दिने परम्परा रहेको मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले जानकारी दिनुभयो ।

जिल्लाको दक्षिणी क्षेत्रको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने देही जात यस वर्ष कात्तिक १८ र १९ गतेका दिन आयोजना हुने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश सिंह नायकले बताउनुभयो ।

त्यस्तै, शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ धाममा पनि कात्तिक ११ र १२ गते जात्रा लाग्दैछ । प्रत्येक वर्ष शुक्ल सप्तमी र अष्टमीका दिन यहाँ धार्मिक मेला लाग्ने गरेको स्थानीय केशव चन्दले जानकारी दिनुभयो ।

कात्तिक शुक्लपक्षको आरम्भसँगै सुदूरपश्चिमका बैतडीका त्रिपुरासुन्दरी भगवती, रौलाकेदार, मेलौली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवेणीधाम (राताशीला), गणमेश्वर, जगन्नाथ, कफलाशैनी भगवती, बाशुलिङ्ग, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायतका मन्दिरहरूमा भक्तजनको भीड लागेको छ ।

दार्चुला जिल्लामा रहेको राष्ट्रकै सातौ धाम मालिकार्जुन तथा लटिनाथ मन्दिरमा पनि कात्तिक शुक्लपक्षमै जात्रा लाग्ने गरेको छ । डडेल्धुराको उग्रतारा र भागेश्वर मन्दिरहरूमा समेत यस्तै धार्मिक उत्सव चलिरहेको स्थानीयहरूले बताएका छन् ।

त्यस्तै, डोटीको बडिकेदार मन्दिरमा पनि जात्राको तयारी तीव्र छ भने निङ्गाशैनी, उदयदेव (पाटन), डिलाशैनी भगवती लगायतका मन्दिरहरूमा जात्रा सम्पन्न भइसकेको स्थानीय लबदेव जोशीले बताउनुभयो । यस अवधिमा सुदूरपश्चिमका अधिकांश मन्दिरमा देव–देवीको पूजा, बलि, भाकल पूर्ति, जाग्राम र मेला–भेटघाटका गतिविधिहरू हुने गर्छन् । श्रद्धालुहरूले शुद्ध भोजन ग्रहण गरी मन्दिरमा जाने चलन रहिआएको छ । शक्तिपीठहरूमा राँगा र बोकाको बलि दिने परम्परा यथावत् रहँदै आएको छ ।

स्थानीय माधव लेखकका अनुसार मेला–जात्रा अवसरमा घरायसी उत्पादन, लुगाकपडा तथा कृषि सामग्री किनबेच पनि हुने भएकाले यसले स्थानीय अर्थतन्त्रमा चहलपहल ल्याउँछ । दसैँ–तिहारका धार्मिक अनुष्ठान सम्पन्न भइसकेपछि सुरु हुने यी जात्राहरूमा टाढा रहेका आफन्त र छिमेकीबिच भेटघाट हुने अवसर मिल्ने सूर्नया गाउँपालिका–३ का विष्णु भट्टले बताउनुभयो ।

मन्दिरका पूजारीहरूका अनुसार बिरलै हुने देवदेवताका जात्रामा भक्तजनले आफ्नो भाकल पूरा गर्ने विश्वास रहिआएको छ ।

त्रिपुरासुन्दरी, मेलौली, मालिकार्जुनलगायत मन्दिरहरूमा भारतबाट समेत हजारौं भक्तजन आउने गरेका छन् । जुलाघाट सीमा क्षेत्रका व्यापारीका अनुसार यस वर्ष मात्र त्रिपुरासुन्दरीमा करिब दुई हजारभन्दा बढी भारतीय श्रद्धालु पुगेका छन् ।

मेलौलीका स्थानीय सुरतसिंह पार्कीका अनुसार तीन–चार दिनसम्म चल्ने मेलाका बेला पाहुनाको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने भएकाले गाउँका होटल तथा घरहरू भरिभराउ हुने गर्छन् ।

यस अवसरमा स्थानीय तहहरूले मन्दिर क्षेत्र, बाटो तथा सडक सरसफाइ गरेका छन् । मेलालाई व्यवस्थित र सहज बनाउन मन्दिर वरपर मदिराजन्य पदार्थको प्रयोग निषेध गरिएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...