नवलपुरमा पोथी गैँडा मृत फेला

Published on

काठमाडौं । नवलपुरको देवचुलीमा पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली–१७ को आँपको बगैँचामा अन्दाजी ३०/३२ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।

सूचना अधिकारी थापाका अनुसार बिगत ६/७ वर्षदेखि आँपको बगैँचालाई बासस्थान बनाउँदै आएको उक्त गैँडा केही समयदेखि बिरामी थियो । बिरामी र बूढो रहेको उक्त गैँडालाई यसअघि पनि पटक पटक राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकको टोलिले सोही आँपको बगैँचामा आएर उपचार गरेका थिए ।

मृत फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको थापाले बताउनुभयो । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा साउन यता ५ वटा गैँडाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैँडाको मृत्यु भएको थियो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...