मेचीनगरमा एक सयभन्दा बढी कर्मचारीको करार सेवा रद्ध

Published on

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ । 

गत असोज २९ गतेको नगर कार्यपालिकाको वैठकले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरुको करार सम्झौता रद्द गर्ने नीतिगत निर्णय गरेको थियो ।

कार्यापालिकाको निर्णय नं.३ मा नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८२ असोज ७ गते र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको निर्णय कार्यान्वयन गर्नका लागि यो निर्णय लिईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।

सशर्त अनुदानबाट तलव र अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, बारुणयन्त्र, नगरप्रहरी, सरसफाइ, चालक र आधारभूत नगर अस्पतालमा हाल कार्यरत कर्मचारी) बाहेक अन्य अस्थायी, ज्यालादारी र करार कर्मचारीहरुको सम्झौता रद्ध गर्ने निर्णय भएको उहाँले जनाउनु भएको छ । 

हटाइएका तथा करार सम्झौता रद्ध भएका कर्मचारीहरुलाई जानकारी दिइएको उहाँले उल्लेख गर्नुभएको छ । संघीय सरकारले दिएको निर्देशन र परिपत्रलाई कार्यन्वयन गरिएकाले यसलाई सहज रुपमा लिएर अघि बढनु पर्नेमा उहाँको जोड थियो । नीतिगत निर्णय गरेर निर्णय कार्यन्वयनको चरणमा रहेको उहाँको भनाइ छ ।

लामो समयदेखि काम गरिरहेका कर्मचारीहरु कटौती गरेको भन्दै कार्यापालिका सदस्यहरुले नै विरोध सुरु गरेका छन् । एक कार्यापालिका सदस्यका अनुसार संघीय सरकारको निर्णय भनेर बैठकमा ल्याईएको र छलफलमा रहेकोमा निर्णय आँउदा हटाईएको भनेर आएको दाबी गर्नुभयो । 

यसपछि विवाद सिर्जना सुरु भएको छ । नगर कार्यापालिका सदस्य र राजनीतिक दलहरुले विरोध सुरु गरेका हुन् । नेकपा एमाले मेचीनगरले विज्ञप्ति निकालेर नै विरोध जनाएको छ । नगरपालिकाका १ सय ३८ भन्दा बढी कर्मचारी एकैसाथ निस्कने भएकाले यसले नगरपालिकाको सेवा प्रभावित हुने ति कार्यापालिका सदस्यको दाबी छ ।

वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले आईतवार वडा कार्यालय बन्द गर्नुपरेको बताउनुभएको छ । कार्यालयमा कर्मचारी नै नभएका कारणले गर्दा कार्यालयको सेवा प्रभावित बनेको उहाँले जानकारी दिनु भयो । कर्मचारी हटाईएको प्रभाव देखिन थालेको बताइन्छ ।

कमल गाँउपालिकाले पनि यस्तै निर्णय गरेको थियो । पालिकाको निर्णय भएपनि कर्मचारीहरु हाजिर भइरहेको बताइएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले एक सूचना जारी गरेर करार तथा ज्यालादारी कर्मचारीहरुलाई गाँउपालिकाको निर्णय अनुसार करार सम्झौता रद्ध गरेको सार्वजनिक सूचना निकाल्नु भएको थियो ।गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...