पोथी गैंडा मृत फेला

Published on

 काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा आज पोथी गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत पूर्वी नवलपरासीको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली नगरपालिका वडा १७ को आँपको बगैंचा मा अन्दाजी ३०-३२ वर्षको पोथी गैंडा फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।

सूचना अधिकारी थापाका अनुसार बिगत छ सात वर्षदेखि आँपको बगैंचालाई बास स्थान बनाउदै आएको उक्त गैंडा केही समय देखि बिरामी थियो । शिसवार उपभोक्ता समितिका निवर्तमान अध्यक्ष नेत्रबहादुर पाण्डेले बिरामी र बूढो रहेको उक्त गैंडालाई यस अघि पनि पटक पटक राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकको टोलिले सोही आँपको बगैंचामा आएर उपचार गरेका जानकारी दिनुभयो ।  मृत फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

योसँगै चितवन राष्ट्रिय निकुञ्जमा गत साउन यता पाँच वटा गैंडाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैंडाको मृत्यु भएको थियो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ वटा गैंडा छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...