ताप्लेजुङ प्रशासन कार्यालयले तीन महिनामा ६ हजारभन्दा बढीलाई सेवा

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) ६ हजारभन्दा बढी सेवाग्राहीलाई विभिन्न सेवा प्रदान गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार उक्त अवधिमा कार्यालयमार्फत ६ हजार २३५ जनाले सेवा प्राप्त गरेका छन्। तीमध्ये सबैभन्दा बढी राष्ट्रिय परिचयपत्र दर्ता सेवाग्राही रहेका छन्। कार्यालयका तथ्याङ्कअनुसार तीन महिनामा २ हजार ७६७ जनाको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण दर्ता गरिएको छ। त्यसैगरी, १ हजार ४५८ जनालाई नागरिकता प्रदान गरिएको छ। तीमध्ये ७०४ नयाँ नागरिकता र ७५४ प्रतिलिपि नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ।

यस्तै, १ हजार १९२ जनाले राहदानीसम्बन्धी सेवा लिएका छन्। साथै, १८५ जनालाई राष्ट्रिय परिचयपत्र (कार्ड) र २२ जना बालबालिकालाई नाबालक परिचयपत्र वितरण गरिएको छ। प्रशासन कार्यालयले यस अवधिमा संघ संस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण लगायतका सेवा पनि प्रदान गरेको जनाएको छ। यस अवधिमा अभद्र व्यवहार र ठाडो उजुरीसहित १६ वटा मुद्दा दर्ता भएका छन्। तीन महिनामध्ये असोज महिनामा मात्र १ हजार ३८५ जनाले विभिन्न सेवा लिएका छन्। असोजमै १९३ जनाको राहदानी अनलाइन फाराम नि:शुल्क भरिएको र २०७ जनालाई कागजातको फोटोकपीसम्बन्धी नि:शुल्क सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...