ताप्लेजुङ प्रशासन कार्यालयले तीन महिनामा ६ हजारभन्दा बढीलाई सेवा

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) ६ हजारभन्दा बढी सेवाग्राहीलाई विभिन्न सेवा प्रदान गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार उक्त अवधिमा कार्यालयमार्फत ६ हजार २३५ जनाले सेवा प्राप्त गरेका छन्। तीमध्ये सबैभन्दा बढी राष्ट्रिय परिचयपत्र दर्ता सेवाग्राही रहेका छन्। कार्यालयका तथ्याङ्कअनुसार तीन महिनामा २ हजार ७६७ जनाको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण दर्ता गरिएको छ। त्यसैगरी, १ हजार ४५८ जनालाई नागरिकता प्रदान गरिएको छ। तीमध्ये ७०४ नयाँ नागरिकता र ७५४ प्रतिलिपि नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ।

यस्तै, १ हजार १९२ जनाले राहदानीसम्बन्धी सेवा लिएका छन्। साथै, १८५ जनालाई राष्ट्रिय परिचयपत्र (कार्ड) र २२ जना बालबालिकालाई नाबालक परिचयपत्र वितरण गरिएको छ। प्रशासन कार्यालयले यस अवधिमा संघ संस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण लगायतका सेवा पनि प्रदान गरेको जनाएको छ। यस अवधिमा अभद्र व्यवहार र ठाडो उजुरीसहित १६ वटा मुद्दा दर्ता भएका छन्। तीन महिनामध्ये असोज महिनामा मात्र १ हजार ३८५ जनाले विभिन्न सेवा लिएका छन्। असोजमै १९३ जनाको राहदानी अनलाइन फाराम नि:शुल्क भरिएको र २०७ जनालाई कागजातको फोटोकपीसम्बन्धी नि:शुल्क सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ।

spot_img

ताजा समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह...

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...