अरुण नदीमा पुनः फेरी सञ्चालन

Published on

काठमाडौं । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्लाहुँदै तराईसगँ जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ ।

नदीमा पानीको बहाव बढेसँगै गत जेठ १६ गतेबाट बन्द भएको फेरी क्रमशः नदिमा पानीको बहाव कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएको हो । जिल्लाको उत्तरी क्षेत्रमा सवारीसाधन, दैनिक उपभोग्य बस्तु, खाद्यान्न, कच्चापदार्थ, यात्रु आवतजावतका लागि महत्त्वपूर्ण एवम् वैकल्पिक माध्यमको रुपमा रहेको फेरी षडानन्द नगरपालिका आफैँले व्यवस्थापन गरी सञ्चालन गरेको नगरपालिकाकी उपप्रमुख प्रमीला राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सङ्घीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाखमा फेरी निमार्ण गरी सञ्चालन हुँदै आएको छ । दैनिक एक सयभन्दा बढी साना ठुला सवारीसाधन तार्ने फेरीले एक पटकमा चार वटा सवारीसाधन, सामग्री तथा यात्रु तार्ने गर्दछ ।

विगतमा फेरी सञ्चालन नहुँदा उक्त क्षेत्रका मानिसहरू घण्टै लगाएर घुमाउरो सडक तथा भर्खरै निमार्ण सम्पन्न भएको कात्तिकेको बाटो प्रयोग गर्न बाध्य छन् । कात्तिके हुँदै तुम्लीङटार जाने सडक मर्मत नहुँदा खाल्डाखुल्डी, भत्किएको तथा जोखिमपूर्ण नै रहेको छ । 

अरुण नदिको सती घाटमा पक्की पुल लगाउन बर्सौदेखि पहल भए पनि अहिलेसम्म पुल बन्न सकेको छैन । जसले स्थानीयले बर्खा याममा बर्सेनि सास्ती खेप्दै आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...