अरुण नदीमा पुनः फेरी सञ्चालन

Published on

काठमाडौं । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्लाहुँदै तराईसगँ जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ ।

नदीमा पानीको बहाव बढेसँगै गत जेठ १६ गतेबाट बन्द भएको फेरी क्रमशः नदिमा पानीको बहाव कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएको हो । जिल्लाको उत्तरी क्षेत्रमा सवारीसाधन, दैनिक उपभोग्य बस्तु, खाद्यान्न, कच्चापदार्थ, यात्रु आवतजावतका लागि महत्त्वपूर्ण एवम् वैकल्पिक माध्यमको रुपमा रहेको फेरी षडानन्द नगरपालिका आफैँले व्यवस्थापन गरी सञ्चालन गरेको नगरपालिकाकी उपप्रमुख प्रमीला राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सङ्घीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाखमा फेरी निमार्ण गरी सञ्चालन हुँदै आएको छ । दैनिक एक सयभन्दा बढी साना ठुला सवारीसाधन तार्ने फेरीले एक पटकमा चार वटा सवारीसाधन, सामग्री तथा यात्रु तार्ने गर्दछ ।

विगतमा फेरी सञ्चालन नहुँदा उक्त क्षेत्रका मानिसहरू घण्टै लगाएर घुमाउरो सडक तथा भर्खरै निमार्ण सम्पन्न भएको कात्तिकेको बाटो प्रयोग गर्न बाध्य छन् । कात्तिके हुँदै तुम्लीङटार जाने सडक मर्मत नहुँदा खाल्डाखुल्डी, भत्किएको तथा जोखिमपूर्ण नै रहेको छ । 

अरुण नदिको सती घाटमा पक्की पुल लगाउन बर्सौदेखि पहल भए पनि अहिलेसम्म पुल बन्न सकेको छैन । जसले स्थानीयले बर्खा याममा बर्सेनि सास्ती खेप्दै आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...