मन्त्री गौतमको आग्रह — निर्वाचन भाँड्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई आह्वान

Published on

काठमाडौं — नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले आगामी निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दल र पक्षहरूलाई आग्रह गर्नुभएको छ।

सोमबार काठमाडौंस्थित ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेपछि मन्त्री गौतमले सरकार अहिले निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउँदै त्यसलाई विरोध गर्ने आन्दोलन आवश्यक नभएको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “बिरामीहरूको अवस्था हेर्दा निकै गाह्रो भयो। म चाहन्छु, अब मुलुक आन्दोलनमा नजाओस्। जसले सरकारको विरोध गर्नुहुन्छ वा चुनाव भाँड्न खोज्नुहुन्छ, उहाँहरूलाई अनुरोध गर्न चाहन्छु— कृपया त्यस्तो नगर्नुहोस्।”

मन्त्री गौतमले घाइतेहरूले अस्पतालको विकृति र बेथितिका विषयमा ध्यानाकर्षण गराएको बताउँदै, ती सुझावका आधारमा स्वास्थ्य संस्थाको सुधारमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। उहाँको भनाइमा, जनआन्दोलनको मर्म विकृति र बेथितिको अन्त्य हो, त्यसैले अहिले सबैले त्यसै दिशामा कार्यरत रहनुपर्ने आवश्यकता छ।

उहाँले थप गर्नुभयो, “हाम्रो जनआन्दोलनको मर्म यही थियो कि यी बेथितिहरू हटुन्। म पारदर्शी ढंगले काम गर्छु र जनतालाई प्रतिवेदन दिइरहनेछु।”

मन्त्री गौतमले त्यसपछि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पुगेर त्यहाँ उपचाररत जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिनुभयो। सो क्रममा उहाँले अस्पतालले घाइतेहरूको उपचारमा कुनै कमी नगरेको बताउनुभयो।

उहाँले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान नदिन सबै पक्षलाई आह्वान गर्दै, ती योगदानलाई सम्मानका साथ स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...