काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजाको औपचारिक कार्यक्रममा सहभागी हुनुहुने भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा हुने छठ पूजामा सहभागी हुन लाग्नुभएको हो। प्रधानमन्त्री कार्की सोमबार अपरान्ह ४:१५ बजे कमलपोखरी जानुहुनेछ। सोमबार छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। विगतमा तराईमा मात्र मनाइने छठ पर्व पछिल्लो समय उपत्यका र पहाडमासमेत मनाउन थालिएको छ। गोरखापत्र

