तीन दिनसम्म हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

Published on

काठमाडौं — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले सोमबार सार्वजनिक गरेको विशेष मौसम बुलेटिनअनुसार देशमा पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली सक्रिय भएकाले देशका केही भागमा हिमपात र वर्षाको सम्भावना देखिएको हो।

यस प्रभावका कारण सोमबार रातिदेखि कात्तिक १२ गते (बुधबार) बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि जनाएको छ।

पूर्वानुमानअनुसार सम्भावित हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ।

spot_img

ताजा समाचार

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...

बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका...

झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत

काठमाडौं । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके...