बर्दियामा घाँस काट्न गएकी महिला बेपत्ता

Published on

काठमाडौं । बर्दिया जिल्लाको मधुवन नगरपालिका–३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली सोमबार दिउँसोदेखि बेपत्ता हुनुभएको छ। उहाँ गाईबाख्राका लागि घाँस काट्न भगरैया सामुदायिक वनतर्फ जानुभएको थियो। तर साँझसम्म घर नफर्केपछि परिवार र स्थानीयवासीले खोजी सुरु गरेका छन्। मधुवन नगरपालिका–३ का वडाध्यक्ष नारायण मल्लका अनुसार नेपालीलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोली खटिएको छ। स्थानीयका अनुसार सो क्षेत्रमा पछिल्ला दिनमा पाटेबाघको गतिविधि देखिएको छ। यसै कारण बेपत्ता नेपालीलाई बाघले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ।

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...