माटोका भाडाको बिक्री बढेपछि कुम्हाल उत्साहित

Published on

काठमाडौं । तिहार र दिपावलीमा यस वर्ष नेपालगन्जमा माटोको दियो र अन्य भाडाको बिक्री विगतका वर्षमा भन्दा बढि भएको माटोको भाडा बनाउने कुम्हालहरुले जनाएका छन् । माटोको दियो र अन्य भाडाको बिक्री बढेकाले यस पटक तिहार र दिपावली अतिनै राम्रो भएको नेपालगन्ज ३ का कुम्हाल रमेश कुम्हालले बताउनुभयो । उहाँले यस पटक दियोको माग अत्यधिक रहेकाले पनि बिक्री धेरै भएको बताउनुभयो । उहाँले आधुनिकता र नयाँ नयाँ भाडाको चलनले माटोको भाडाको बिक्री घट्दै गएको बेला यस पटक निकै राम्रो बिक्री भएपछि पेशालाई निरन्तरता दिन सहज हुने बताउनुभयो ।

सोही प्रकारले नेपालगन्ज १३ का दिनेश कुम्हालले पनि यस वर्ष माटोका दियो, भुर्कि र पालाको माग अत्यधिक रहेको जनाउँदै बिक्री विगतका वर्षहरुमा भन्दा राम्रो भएको बताउनुभयो । उहाँले धेरैले त घरमै आएर खरिद गरेको जनाउँदै त्रिभुवन चोकमा तीन दिनसम्म निकै राम्रो बिक्री भएको बताउनुभयो । गत तीन महिनादेखि बनाएका अधिकांश माटोका भाडाहरु यो तिहारमा बिक्री भएको दिनेशको भनाइ छ । तिहार र दिपावलीका लागि त्रिभुवन चोकमा फुटपाथमा माटोका भाडाहरु राख्नु भएका नेपालगन्ज ७ का जमिला बानुले यस पटक सोचे भन्दा बढी बिक्री भएको जनाउँदै दियो, पाला र भुर्किका लागि अन्तिमसम्म मानिसहरु आएको बताउनुभयो ।

तिहार र छठ जस्ता ठुला चाडपर्वमा माटोको दियोको माग सबैभन्दा बढि हुने गरेकाले कुम्हाल समुदायमा भाडा बनाउनेहरु दियो र भुर्कि बनाउन दुई महिना पहिलेदेखिनै निकै व्यस्त थिए । तिहारको बेला दियो सबैभन्दा बढि बिक्री हुने गरेकाले अधिकांशले दियो नै बढि बनाएका थिए । तिहार, दिपावली तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक हुने गरेको छ । नेपालगन्जको सदरलाईन, त्रिवेणी मोड र त्रिभुवन चोकमा यस पटक माटोका भाडाका धेरै पसलहरु राखिएका थिए । घरबाटै समेत कुम्हार समुदायले दियो र भुर्कि लगायत माटोका भाडा ठुलो सङ्ख्यामा बिक्री गरेका थिए ।  गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...