सञ्चालनमा आउन सकेन रातो सेतो रगत छुट्टाउने मेसिन

Published on

 काठमाडौं । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्टाउने मेसिन (कम्पोनेन्ट सेन्ट्रीफ्यूज) वर्षौँदेखि सञ्चालनमा आउन सकेको छैन । गण्डकी प्रदेश सरकार, स्थानीय पालिकाहरुलगायतको सहयोगमा खरिद गरिएको उक्त मेसिन तीन वर्षदेखि प्रयोगमा नआइ थन्किएको हो ।

सुरुमा २३ लाख मूल्यको मुख्य मेसिन प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । त्यसयता अन्य मेसिन र सामग्री खरिदमा झण्डै एक करोड खर्च भइसकेपनि सेवा सञ्चालनमा आउन सकेको छैन । रेडक्रस बागलुङका सभापति जगन्नाथ आचार्यले मेसिनको जोहो करिब भइसकेपनि सेवा सञ्चालनमा ल्याउन थप बजेट र तालिम प्राप्त जनशक्तिको खाँचो रहेको बताउनुभयो ।

मेसिन राख्ने कोठा निर्माण, व्यवस्थापन, बिजुली, एसी जडानलगायतका काम गर्न बाँकी रहेको उहाँको  भनाइ छ । “यो मेसिन सञ्चालन गर्न अझै १२÷१५ लाख जति बजेट आवश्यक छ, तालिमप्राप्त जनशक्तिको पनि खाँचो छ”, सभापति आचार्यले भन्नुभयो, “खर्चको स्रोत जुटाउन अन्तर्राष्ट्रिय बागलुङ समाजलगायतका सघंसंस्थासँग पनि पहल भइरहेको छ ।”

बजेट अभावमा समयमै सबै उपकरण ल्याउन नसकिएपछि सेवा सञ्चालनमा ढिलाइ भएको आचार्यले बताउनुभयो । मुख्य उपकरण आएको वर्षौँसम्म पनि त्यसलाई सञ्चालन गर्न चाहिने सहयोगी उपकरण प्रदेश सरकारले बेलैमा दिन नसकेको उहाँको भनाइ छ । रक्तसञ्चार केन्द्रको दिगो व्यवस्थापन र सञ्चालनका लागि योजना निर्माणको काम भइरहेको आचार्यले बताउनुभयो ।

धवलागिरी क्षेत्रमै पहिलोपटक उक्त उपकरण ल्याइए पनि सञ्चालनमा नआउदा सेतो रगत आवश्यक पर्ने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता छ । राज्य स्रोतको लाखौँ बजेट खर्चेर ल्याइएको उपकरण वर्षौँसम्म थन्किएर बसेको छ । रक्तसञ्चार केन्द्रका इञ्चार्ज गुरुदत्त शर्माले डेंगुु, कोराना, क्यान्सरलगायतका बिरामीलाई सेतो रगत अत्यावश्यक पर्दा उक्त उपकरण चाहिने बताउनुभयो ।

“सेन्ट्रीफ्यूज मेसिन आएको तीन वर्षभन्दा बढी भइसक्यो, तर अझै सञ्चालनमा आउन सकिएको छैन”, उहाँले भन्नुभयो, “यसलाई चलाउन आवश्यक पर्ने अधिकांश उपकरण आइसकेका छन्, तर नियमित सञ्चालनका लागि पूर्वाधार निर्माण र व्यवस्थापनका काम गर्न बाँकी नै छ, यसलाई सञ्चालन गर्न छुट्टै तालिम पनि चाहिन्छ ।”

इञ्चार्ज शर्माले रक्तसञ्चार केन्द्रमा आफूमात्र कार्यरत रहेको भन्दै उक्त मेसिन सञ्चालनका लागि थप तालिम प्राप्त जनशक्ति चाहिने पनि बताउनुभयो । “रातो रगतबाट सेतो रगत छुट्टाउन यो मेसिनको प्रयोग हुन्छ, सेतो रगत आवश्यक पर्ने बिरामीलाई बागलुङमै सो रगत उपलब्ध गराउन सकियोस् भनेर मेसिन ल्याइएको हो”, इञ्चार्ज शर्माले बताउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...