चाडपर्वमा ५९ सवारी दुर्घटना : एकको मृत्यु, ५० घाइते

Published on

काठमाडौं । गुल्मीमा चाडपर्वमा ५९ सवारी साधन दुर्घटनामा परेका छन् । हिन्दु नेपालीहरुको महान पर्वका रुपमा रहेका दसैँ, तिहारको बेला यस जिल्लामा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार यस जिल्लामा घटस्थापनादेखि कात्तिक ९ गतेसम्म सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् ।

जिल्लाभर भएका २६ वटा मोटरसाइकल दुर्घटनामा २२ जना घाइते भएका छन् । त्यस्तै, बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक एक, बस दुई, टिप्पर एक, कार तीन, एम्बुलेन्स एक, बोलेरो ६, ट्याक्टर तीन, मोटरसाइकल २६, ईभी ६, स्कुटर दुई, अटो दुई र जिप ६ वटा दुर्घटनामा परेका छन् ।

यीमध्ये ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाको प्रमुख कारण तीव्र गति, सवारी चालकको लापरवाही, खराब सडक अवस्था रहेका छन् । प्रहरीले चालकहरूलाई सुरक्षित गतिमा सवारी चलाउन, मदिरा सेवनपछि सवारी नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ...

सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा...

बिहारको बुलन्द नतिजाले मधेशमा थप्यो दबाब : जसपा सचिव साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले...

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

काठमाडौं । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व...