चाडपर्वमा ५९ सवारी दुर्घटना : एकको मृत्यु, ५० घाइते

Published on

काठमाडौं । गुल्मीमा चाडपर्वमा ५९ सवारी साधन दुर्घटनामा परेका छन् । हिन्दु नेपालीहरुको महान पर्वका रुपमा रहेका दसैँ, तिहारको बेला यस जिल्लामा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार यस जिल्लामा घटस्थापनादेखि कात्तिक ९ गतेसम्म सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् ।

जिल्लाभर भएका २६ वटा मोटरसाइकल दुर्घटनामा २२ जना घाइते भएका छन् । त्यस्तै, बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक एक, बस दुई, टिप्पर एक, कार तीन, एम्बुलेन्स एक, बोलेरो ६, ट्याक्टर तीन, मोटरसाइकल २६, ईभी ६, स्कुटर दुई, अटो दुई र जिप ६ वटा दुर्घटनामा परेका छन् ।

यीमध्ये ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाको प्रमुख कारण तीव्र गति, सवारी चालकको लापरवाही, खराब सडक अवस्था रहेका छन् । प्रहरीले चालकहरूलाई सुरक्षित गतिमा सवारी चलाउन, मदिरा सेवनपछि सवारी नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...