बेपत्ता युवा २० दिनपछि मृत फेला

Published on

 काठमाडौं । गोरखाका बेपत्ता एक युवा २० दिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शहिद लखन गाउँपालिका – २ मनकामनाका ३५ वर्षीय कालुराम थापा मङ्गलबार बिहान चितवनको देबघाट जङ्गलमा फेला परेका हुन् ।

प्रसिद्ध धार्मिक स्थल मनकामनाको केबुलकार हुँदै असोज २२ गतेबाट घरबाट सम्पर्कविहीन भएका थापा झण्डै २० दिनपछि देवघाटका स्थानीयहरुले जङ्गल जाँदा देखेपछि प्रहरीलाई खबर गरेका मृतक कालुराम थापाका आफन्त अशोक थापाले जानकारी दिनुभयो ।

प्रहरीले आफन्तलाई सम्पर्क गरेपछि मृतक थापाका आफन्तले कपडाबाट शव पहिचान गरी पोष्टमार्टमका लागि चितवनको सरकारी अस्पताल लगिएको आफन्त अशोक थापाको भनाइ छ ।

बेपत्ता भएको दिनदेखि परिवार र स्थानीयवासीले विभिन्न स्थानमा खोजीकार्य जारी राखी गोरखा र चितवनका प्रहरी कार्यालयमा उजुरी समेत दिइएको मृतकको आफन्त अशोक थापाले बताउनुभयो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   गोरखापत्र

spot_img

ताजा समाचार

खुकुरीसहित प्रहरीमाथि आक्रमण प्रयास: खाँदबारीमा गोली प्रहार गरी व्यक्ति नियन्त्रणमा

काठमाडौं । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाउँदै प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली...

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...