मौसमी जोखिमबाट सुरक्षित रहन आग्रह

Published on

काठमाडौं । स्थानीय प्रशासनले हिमाली जिल्ला ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ । वर्षा र हिमपातजन्य विपदमा परी ज्यानसमेत जान सक्ने भएकाले स्थानीय प्रशासनले उक्त जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले मङ्गलबार बिहान सूचना प्रकाशित गर्नुहुँदै हिमपातजन्य मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गर्नुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार बुधबारसम्म विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेकाले जोखिमबाट सतर्कता अपनाउनुपर्ने प्रजिअ सेढाइँले सूचनामा जनाउनुभएको छ ।

कञ्चनजङ्घा हिमालसहित पर्यटकीय गन्तव्यहरु रहेको जिल्ला र अहिले पर्यटकीय मौसम भएकाले हिमपातजन्य जोखिमबाट पर्यटक नै बढी प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । कञ्चनजङ्घासहितका गन्तव्यको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटक, पदयात्री, पाथीभरासहित तीर्थस्थलको दर्शन गर्ने तीर्थयात्री र अहिलेको मौसममा विभिन्न क्षेत्रको भ्रमण गर्न निस्किएका नागरिकलाई सतर्कता अपनाउन प्रजिअ सेढाइँले आग्रह गर्नुभएको छ ।

यस्तै, जिल्लाको हिमाली भेगमा बसोबास गर्ने नागरिकलाई पनि वर्षा र हिमपातका कारण आइपर्ने जोखिम र जाडोबाट जोगिएर बस्न अर्थात् सतर्कता अपनाउन साथै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिम रहेको क्षेत्रमा भ्रमण तथा यात्रा नगर्न र यात्रा गर्नैपर्ने भएमा मौसमी अवस्थालाई ख्याल गरेर मात्र भ्रमण साथै यात्रा गर्न स्थानीय प्रशासनको सुझाव छ ।  

यता मौसम भने सोमबार रातिदेखि नै धुम्मिएको छ भने मङ्गलबार बिहान सदरमुकाम फुङ्लिङ बजारमा फाट्टफुट्ट वर्षा भएको छ । जिल्लाको उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको स्थानीयले बताएका छन् । मौसम धुम्मिएका कारण जिल्लामा जाडो पनि बढेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...