झापामा रात्री बस दुर्घटना : १९ जना घाइते

Published on

काठमाडौं । झापाको मङ्गलबार बिहान बस दुर्घटना हुँदा चालकसहित १९ जना यात्रु घाइते भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको रात्री बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्री बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएर दुर्घटना भएको हो ।

बसमा २५ यात्रु सवार रहेकोमा १९ जना घाइते भएका र उनिहरुलाई तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । खड्काका अनुसार बस चालक ३९ वर्षीय राजु भुजेलसहित घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश रामेछाप मन्थली र झापाका रहेका छन् ।

सबै घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको खड्काले बताउनुभयो । दुर्घटनाको विषयमा विस्तृत अनुसन्धान कार्य सुरु भएको प्रहरीले जानकारी दिएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...