सिन्धुलीमा कार दुर्घटना, एक जनाको मृत्यु र दुई घाइते

Published on

काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोरङ जिल्लाको विराटनगर–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन्। दुर्घटनामा उहाँकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको थियो। दुर्घटनापछि उद्धार गरिएको तीनै जनालाई आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचारका लागि लगिएकोमा कार चालकसमेत रहेका ओमबहादुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

अन्य दुई जना घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...