सोलुको लोबुचेमा हेलिकप्टर दुर्घटना, चालक सकुशल

Published on

काठमाडौं । सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।  लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।  हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोजित कुँवरले बताउनुभयो । बिहान ८ः१५ मा हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले पुष्टि गर्नुभयाे । पाइलट खड्कालाई कैलास एयरको हेलिमार्फत  लुक्ला ल्याइएको डिएसपी कुँवरले बताउनु भयाे । हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण विहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...