मुस्ताङमा पहिलो हिमपात, जनजीवन प्रभावित

Published on

काठमाडौं । उपल्लो मुस्ताङमा मङ्गलबार बिहानैदेखि व्यापक हिमपात सुरु भएको छ । ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बस्ती र आसपासका उच्च हिमाली क्षेत्र सेताम्य बनेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) ल्होमन्थाङका प्रमुख उमेश पौडेलका अनुसार तिब्बतसँग सीमा जोडिएका छोसेरको कोरला नाका, छोन्हुप, घमी, चराङ, र सुरखाङ क्षेत्रमा पनि बाक्लो हिमपात भइरहेको छ ।

हिन्दु र बौद्ध दुवैका लागि महत्वपूर्ण तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी क्षेत्रमा वर्षा भइरहेको छ भने उच्च स्थानमा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको वडाध्यक्ष कर्मघ्यचो गुरुङले जानकारी दिनुभयो । तीर्थयात्री र स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ ।

मुक्तिनाथ जाने कागबेनी–मुक्तिनाथ सडकखण्डमा हिमपातका कारण सवारीसाधन चल्न कठिन भएको छ । यात्रु बोकेको मोटरसाइकल खिङ्गा क्षेत्रमा रोकिएको वडाध्यक्ष प्रमेश गुरुङका अनुसार मन्दिरतर्फ अहिले आवागमन सम्भव छैन । उहाँले भन्नुभयो, “भारी हिमपात भइरहेको छ, सडक चिप्लो भएकाले दुर्घटनाको जोखिम बढेको छ ।” मन्दिर परिसरका १०८ धारा, कुण्ड र आसपासका क्षेत्र हिउँले ढाकिएका छन् ।

यो वर्षको पहिलो हिमपातसँगै मुस्ताङको तापक्रम उल्लेख्य रूपमा घटेको छ । जिल्ला प्रशासन कार्यालयले हिमपातका कारण रोकिएका पर्यटक र तीर्थालुमा ‘लेक लाग्ने’ जोखिमलाई ध्यानमा राखी स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार कागबेनीदेखि मुक्तिनाथ र उपल्लो मुस्ताङ क्षेत्रतर्फ तत्काल नजान अनुरोध गरिएको छ । सवारीसाधन दुर्घटनाको जोखिम बढेकाले सुरक्षाकर्मी परिचालन गरी पर्यटकलाई सतर्क बनाइएको उहाँले बताउनुभयो ।

प्रशासनले जिल्लामा रहेका पर्यटकलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । प्रजिअ भुसालले भन्नुभयो, “हिमपातले जनजीवन प्रभावित बनेकाले सम्भावित जोखिम रोक्न सुरक्षा निकायलाई सतर्क राखिएको छ ।”

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...