खुम्बु क्षेत्रमा हिमपात, पर्यटन र जनजीवन प्रभावित

Published on

काठमाडौं । देशभर मौसममा आएको परिवर्तनसँगै हिमाली पर्यटकीय क्षेत्र सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

पर्यटकीय सिजनकै बीचमा परेको यस हिमपातले सगरमाथा क्षेत्रमा पर्यटन गतिविधि प्रभावित बनेको छ । सगरमाथा आधार शिविर, तेङ्बोचे, लबुचेलगायत स्थानमा बाक्लो हिउँ परेपछि स्वदेशी तथा विदेशी पर्यटक होटेलमै बसिरहेका छन् । स्थानीय प्रशासन र होटेल सञ्चालकले पर्यटकलाई सुरक्षित रहन र आवश्यक सहयोगका लागि सतर्क रहन आग्रह गरेका छन् ।

हिमपात भएका माथिल्ला क्षेत्रमा करिब एक हजारजति विदेशी पर्यटक र उनीहरूका सहयोगी रहेका बताइएको छ । हिमपातका कारण पदयात्रा कठिन बनेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा वर्षा जारी रहेकाले चिसो बढेको र जनजीवन कष्टकर बनेको स्थानीयवासीले बताएका छन् ।

यसैबीच, तल्लो क्षेत्रका कृषक धान भित्र्याउने समयमा परेको वर्षाका कारण मारमा परेका छन् । लगातारको चिसो र वर्षाले कृषि उत्पादनमा असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...