डडेल्धुरा कारागारबाट अझै पाँच जना कैदीबन्दी फरार

Published on

काठमाडौं । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीमध्ये हालसम्म ८० जना पक्राउ परेका छन् । पाँच जना कैदीबन्दी अझै फरार रहेको कारागारका प्रशासक सन्तोषकुमार भट्टले जानकारी दिनुभयो । गत भदौ २३–२४ गते देशैभर चर्किएको जेनजी आन्दोलनपछि २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदीबन्दीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरको थियो ।

१२७ जना कैदीबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक भट्टले बताउनुभयो । उहाँका अनुसार हाल कारागारमा १२२ जना कैदीबन्दी पुगेका छन् । फरार रहेका पाँच जनाको खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो । फरार रहेका पाँच जना कैदीबन्दीमध्ये जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका चार जना छन् ।

जेलर भट्टले दिनुभएको जानकारी अनुसार फरार पाँच जनामध्ये तीन जना जबरजस्ती करणी मुद्दा र एक जना हाडनाता जबरजस्ती करणी मुद्दाका  थिए । एक जना भने कर्तव्य ज्यान मुद्दाका थिए । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका चार जनामध्ये दुई जनाको ठेगाना बैतडी जिल्ला छ भने एक÷एक जनाको ठेगाना डडेल्धुरा र डोटी जिल्ला छ । कर्तव्य ज्यान मुद्दा लागेका एक जना अर्का फरार बैदीबन्दीको ठेगाना भने डडेल्धुरा नै हो । फरार रहेकाहरुमध्ये दुई जना बैतडी, दुई जना डडेल्धुरा र एक जनाको ठेगाना डोटी जिल्ला छ ।

फरार रहेकामध्ये हाडनाता जबरजस्ती करणी मुद्दाका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं. ४ ठेगाना छ । यस्तै जबरजस्ती करणी मुद्दाका फरार कैदीबन्दीहरु मध्ये एक जनाको ठेगाना बैतडीको पाटन नगरपालिका वडा नं. ८, एक जना अर्काको ठेगाना बैतडीकै सिगास गाउँपालिका  वडा नं. ७ छ । एक जनाको ठेगाना भने डोटीको जोरायल गाउँपालिका वडा नं. १ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार कैदीबन्दीको ठेगाना भने डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ५ रहेको जेलर भट्टले जानकारी दिनुभयो ।गोरखापत्र 

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...