सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा सानो वृद्धि

Published on

काठमाडौँ — यो साता सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्ला चार दिनदेखि सुनको मूल्य लगातार ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपियाँले घट्दै सुनको मूल्य दुई लाख ४१ हजार नौ सयमा झरेको थियो । त्यसपछि सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार नौ सयमा कारोबार भयो । हिजो मङ्गलबार प्रतितोला दुई हजार नौ सयले घटेपछि सुन दुई लाख ३७ हजारमा पुगेको थियो भने बुधबार थप सात सय घटेर दुई लाख ३६ हजार तीन सय रुपियाँमा झरेको छ ।

यसैबीच, चाँदीको मूल्य भने केही बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० मा कारोबार भएको चाँदी आज बढेर दुई हजार ९६५ रुपियाँमा पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । विशेषज्ञहरूले अमेरिकी अर्थतन्त्रका तथ्याङ्क र मध्यपूर्वीय तनावमा आएको सुधारका कारण लगानीकर्ताको आकर्षण घटेपछि सुनको मूल्य घटिरहेको विश्लेषण गरेका छन् ।

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...