दुर्घटनामा तीनको मृत्यु, चार गम्भीर घाइते

Published on

काठमाडौं । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख. ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा सैनामैना–८, बासगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विक रहनुभएको छ । आचार्यको राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै थापा र विकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उहाँका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहनुभएको छ । उहाँहरूको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल र मरसिटी अस्पताल बुटवल पठाइएको खड्काले बताउनुभयो ।

दुर्घटनाको कारण अत्यधिक गतिका कारण गाडी अनियन्त्रित भइ सडकबाट तल खसेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा पुगेको रुद्रपुर इलाका प्रहरी कार्यालयको टोलीले राति नै उद्धार कार्यगरी घाइतेहरूलाई उपचारका लागि पठाएको हो । गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...