‘मोन्था’ चक्रवातको प्रभाव : शनिबार बिहानसम्म देशभर वर्षाको सम्भावना

Published on

काठमाडौं । ‘मोन्था’ चक्रवातको प्रभावका कारण देशका अधिकांश भागमा शनिबार बिहानसम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा हुने, भने बाँकी प्रदेशहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। मौसम विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार शनिबार बिहानदेखि मौसममा क्रमशः सुधार हुने सम्भावना छ।

उनका अनुसार आगामी २४ घण्टाभित्र काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा पनि वर्षा हुने अनुमान छ, तर सबै स्थानमा लगातार वर्षा नहुने बताइएको छ।

यसैबीच, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...