फसेका पर्यटकको उद्धारमा तालिमप्राप्त टोली परिचालन

Published on

काठमाडौं । धौलागिरी हिमाल फन्को लगाएर मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फा झर्ने क्रममा फसेका तीन बेलायती महिला पर्यटकसहित १५ जनाको टोलीको उद्धारमा लागि निस्किएको टोली आलुबारी भन्ने ठाउँमा पुगेको छ ।

गएको सोमबारदेखि भारी हिमपातका कारण पदमार्ग पहिचानमा समस्या भएपछि थासाङ गाउँपालिका–१ टुकुचे हिमालको हिडन भ्यालीमा बसेको टोलीको उद्धारका लागि बुधबार नेपाली सेना, सशस्त्र र प्रहरीको संयुक्त खटिएको थियो ।

उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली करिब ३७ सय मिटरको उचाइमा रहेको र माथिबाट समेत पर्यटकसहितको टोली झर्ने क्रममा दिउँसोसम्म भेट हुने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो ।

प्रजिअ भुषालले भन्नुभयो, ‘‘आज बिहानैदेखि हिमपात भइरहेको छ, तलबाट जाने र माथिबाट आउने रुट पहिचान भएको छ ।’’ प्रजिअ भुषालले पर्यटकसहितको टोली धम्पुस लेकमा रहेको जानकारी आएको बताउनुभयो । पर्यटकको उद्धारका लागि हिमाल आरोहण समेत गर्नुभएका उच्च शिखर शिक्षालयका क्याप्टेन प्रशान्त विष्ट सहितको टोलीलाई परिचालन गरिएको छ ।

क्याप्टेन विष्टले विश्वकै १० औं अग्लो अन्नपूर्ण हिमालसहित साना चुचुरो आरोहण गरेको अनुभव छ । फसेका पर्यटक फर्किने एक–दुई स्थानमा डोरीको सहायताले झर्नुपर्ने भएकाले टोलीले उद्धारका लागि आवश्यक पर्ने उपकरण समेत लगेको छ ।

समुन्द्र सतहदेखि पाँच हजार एक सय मिटर उचाइमा पर्ने ‘हिडन भ्याली’ संसारको सातौँ अग्लो अग्लो धौलागिरी हिमाल र सीता हिमाल विचके पास काटेर टुक्चेपीको माथि पर्छ । नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको १० जनाको टोलीमा हिमाली क्षेत्रमा खोज तथा उद्धारमा खटिएका तालिमप्राप्त जनशक्ती छन् ।

काठमाडौँको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीबाट गएको टोली भारी हिमपतका कारण फसेपनि प्रयाप्त खाना रहेको बताइएको छ ।  करिब १९ दिन अगाडी धौलागिरी चक्रीय पदयात्रा क्षेत्रमा करिब बाह्रै महिना हिमपात हुने स्थान, हिमालको शिविर सहित अन्य जोखिमपूर्ण रूटहरू रहेका छन् । म्याग्दीबाट मुस्ताङमा हिमालैहिमाल जोड्ने लामो र सहासिक पदयात्राका लागि विदेशी पर्यटकले धौलागिरि चक्रीय पदमार्ग रोज्ने गरेको पाइन्छ  यस क्षेत्रमा सञ्चार, भौगोलिक विकटता, प्रयाप्त पूर्वाधार, सङ्केत चिन्ह लगायतका न्यूनतम पूर्वाधार नहुदाँ पर्यटकलाई समस्या हुने गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...