लामो दूरी जाने यात्रुलाई थप भाडा तिर्ने बाध्यता

Published on

काठमाडौं । दसैँ दिपावली र छठ पर्व गर्न घर आएका कर्मचारी, विद्यार्थी र मजदुरहरुलाई पश्चिम काठमाडौँ पोखरा धनगडीलगायतका लामो दूरी जानको लागि तोकिएको भाडामा थप तिन बाध्यता रहेका छ ।

लहानबाट काठमाडौँ जान एक हजार दुई सय भाडा तोकिएको भए पनि छठ पर्व सकिएलगत्तै काठमाडौँ जान एक हजार आठ सयदेखि दुई हजारसम्म तिरेर पनि बस हाइसमा टिकट पाउन सकिरहेको छैन ।

भगवानपुर गाउँपालिका ४ नम्बरका वडाध्यक्ष अमरलाल यादव भन्नुहुन्छ, ‘‘काठमाडौँ पढिरहेका छोरा छोरीलाई पठाउन थप रकम तिरेर पनि जसोतसो हाइस पाइयो । दसैँ लागेपछि काठमाडौँबाट घर आइपुग्न र छठ पर्व सकेपछि घरबाट काठमाडौँ जान थप रकम तिरेर पनि टिकेट पाइँदैन । यस्तो बेला थप सवारी साधन उपलब्ध गराइ दिए राहत हुन्थ्यो ।’’

मकालु काउन्टरका सञ्चालक जुगुत यादवसँग किन थप रकम लिइरहनु भएको छ भने जिज्ञासामा उहाँ भन्नुहुन्छ, ‘‘के गर्ने पूर्वबाट पश्चिम जाने यात्रुहरु आउने आइतबासम्म प्याक छ । काठमाडौँबाट फर्किदा एउटा पनि यात्रु नपाउने भएकाले यतिवेला सवारी साधनको इन्धन र चालकको खर्च जुटाउन पनि प्रति यात्रु थप भाडा लिनु परेको हो । थप तिरेर पनि आइबारसम्म टिकट उपलब्ध गराउन सकिरहेका छैन ।’’

कर्मचारी र व्यापारीहरु हवाइयात्रा गरेर पनि काठमाडौँ गइरहेका छन् भने उच्च शिक्षा हासिल गर्न काठमाडौँ पढिरहेका विद्यार्थीहरुलाई पुग्न टिकेट नपाउँदा ठुलो सास्ती नै खेप्नु परिरहेको बाध्यता रहेको लहान–१ का दिलिप साहले गुनासो पोख्दै हरेक वर्ष आइपर्ने यस्ता समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने माग गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...