बहुप्रकोपीय साइरन जोडिएपछि स्थानीय ढुक्क

Published on

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङ्बुङ बजारमा विपत्को पूर्वसूचना दिने बहुप्रकोपीय साइरन जडान गरिएपछि स्थानीय ढुक्क भएका छन् । बाढीपहिरो, भूकम्प, आगलागी र वन्यजन्तु आतङ्कलगायतका सूचना घरैबाट प्राप्त गर्न थालेपछि स्थानीय ढुक्क भएका हुन् । फालेलुङ बाढीपहिरो र आगलागीका दृष्टिकोणले जोखिम क्षेत्र हो ।

त्यहाँ नेपाल रेडक्रस सोसाइटी र फालेलुङ गाउँपालिकाको सहकार्यमा यस्तो साइरन जडान गरिएको छ । साइरनले बाढी, भूकम्प, पहिरो र अत्यधिक वर्षा हुने सूचना दिनुका साथै सुरक्षित रहन आमसर्वसाधारणलाई सूचित गराउन थालेसँगै आफूहरू ढुक्क भएको स्थानीय महेश मगर बताउनुहुन्छ । गत दसैँमा भारी वर्षा भइरहँदा मध्यरातमा समेत जोखिमको अवस्थाबारे सूचित गर्दा आफूहरूलाई जोखिमबाट बच्न सजिलो भएको उहाँको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि पाँचथरसहित देशका २६ जिल्लामा पानी पर्ने जोखिम रहेको बताइरहेका बेला आफूहरू तत्कालको जोखिमबारे सूचना साइरनबाटै पाउनेमा ढुक्क रहेको पनि मगरको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका अधिकृत गुरुराज तिम्सिनाका अनुसार विपत्का समयमा हुने जनधनको क्षति न्यूनीकरणमा सहयोग पु¥याउन यहाँ बहुप्रकोपीय साइरन जडान गरिएको हो । साइरन जडान गर्न फिनिस रेडक्रसले सात लाख रुपियाँ आर्थिक सहयोग गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरमार्फत फालेलुङमा सञ्चालन भइरहेको पूर्वतयारी तथा पूर्वअनुमानद्वारा विपत् प्रभाव न्यूनीकरण कार्यक्रम अन्तर्गत यो साइरन जोडिएको हो । रेडक्रस पाँचथरका अधिकृत गुरुराज तिम्सिनाका अनुसार साइरनलाई स्वचालित बनाउन पहिरो प्रभावित क्षेत्रमा सेन्सर जडान गर्न बाँकी छ ।

साइरन जडानका लागि रेडक्रससँग फालेलुङ गाउँपालिका–५ को वडा कार्यालयले औपचारिक अनुरोध र गाउँपालिकाबाट सिफारिस भएपछि प्रक्रिया अगाडि बढाइएको गाउँपालिका प्रवक्तासमेत रहेका फालेलुङ–५ का वडाध्यक्ष भरतकुमार खपाङ्गीमगरले जानकारी दिनुभयो ।

वडा नं. ५ को प्राङ्बुङ बजारमा जोडिएको उक्त साइरनको रिमोट कन्ट्रोल भने गाउँपालिका केन्द्र थकेपुङबाट हुने छ । साइरनबाट आउने सूचना जडान गरिएको स्थानदेखि पाँच किलोमिटर टाढासम्म सुन्न सकिने रेडक्रसले जनाएको छ । साइरनलाई चार्ज गर्न सोलार सिस्टम र विद्युत् दुवै प्रणालीबाट चार्ज गर्न मिल्ने ब्याकअप राखिएको छ ।

रेडक्रस पाँचथरका अधिकृत गुरुराज तिम्सिनाका अनुसार साइरनलाई स्वचालित बनाउन पहिरो प्रभावित क्षेत्रमा सेन्सर जडान गर्न बाँकी छ । यो जडानका लागि स्थानीयले माग गरिरहेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...