बागलुङका दुई स्थानमा निःशुल्क इन्टरनेट सेवा

Published on

काठमाडौं । बागलुङको दुई स्थानमा व्यक्तिगत लगानीमा द्रुत गतिको निःशुल्क इन्टरनेट सुविधा दिन थालिएको छ ।

बागलुङ बजारका सडक खाल्टाखुटी पुर्ने र सरसफाइमा सक्रिय दुई युवाले बागलुङ बजारको दुई स्थानमा निःशुल्क इन्टरनेट राख्ने योजना अनुसार कालिका मन्दिर र समीक्षालय चोकमा पहिलो चरणमा निःशुल्क इन्टरनेट जडान गरेका छन् । उक्त इन्टरनेट एक सय मिटरभन्दा बढी वरपरको क्षेत्रमा निःशुल्क चल्नेछ ।

सगरमाथा कम्प्युटर हाउसका सञ्चालक नैवेद्य सिग्देल र सिर्जना फर्निचरका विराट हरिजनले व्यक्तिगत लागतमा बागलुङ बजारमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएका छन् ।

व्यक्तिगत रुपमा बागलुङ बजारका अव्यवस्थित रुपमा देखिएको खाल्टाखुल्टी सडक पुर्ने र ढलान गर्ने, सडक नाली सफा गर्ने कार्यमा सक्रिय दुई युवाले पहिलो चरणमा कालिका मन्दिर र समीक्षालय चोकमा निःशुल्क इन्टरनेटको सुविधा प्रदान गरेका हुन् ।

एक सय मिटरभन्दा टाढासम्म वाइफाइ टिप्न सक्ने द्रुत गतिको इन्टरनेटको उपकरण जडान गरिएको नैवेद्य सिग्देलले जानकारी दिनुभयो ।

कालिका मन्दिरमा आउने धार्मिक पर्यटकलाई र समीक्षालय चोकसहित वीरेन्द्र ऐश्वर्य पार्कमा आउने नागरिकलाई लक्षित गरी इन्टरनेट सुविधा दिइएको छ ।

द्रुत गतिको एउटै इन्टरनेटको उपकरणलाई ३७ हजार पर्ने उहाँको भनाइ छ । “दुर्गम गाउँमा निःशुल्क इन्टरनेट भइसक्यो, हाम्रो ठुलो शहरमा यो व्यवस्था थिएन, तीन वटा उपकरण खरिद गरेर ल्याएका छौं, दुई वटा जडान भइसक्यो, एउटा जडान गर्ने स्थानको खोजीमा छौं,” सिग्देलले भन्नुभयो, “तीन वटा उपकरणमध्ये एउटा उपकरण अमेरिकाबाट साथीले खरिद गरेर पठाउनुभएको हो, दुई वटा आफैँ खरिद गरेका छौं ।”

उहाँले बागलुङ बजारमा सडक बत्तीसमेत जडान गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

समीक्षालय चोक र कालिका मन्दिरमा निःशुल्क इन्टरनेट सुचारु भइसकेको छ । स्थानीय सरकारको रुपमा रहेको बागलुङ नगरपालिकाले गर्न नसकेको काम स्थानीय युवाहरुले गर्न थालेको भन्दै प्रशंसा भइरहेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...