दाउन्नेको सडक एकतर्फी सञ्चालन

Published on

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड बिहीबार बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घिउखोलाको उकालोमा सिमसिम परेको पानीले बाटो चिप्लो भइ गाडी उक्लिन नसक्दा गाडी एकतर्फी सञ्चालन भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

साथै यो खण्डमा बाटो विस्तारको काम पनि भइरहेकाले बिहान ७ः३० बजेदेखि थप समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । जिल्लाभर बिहानैदेखि सिमसिम पानी परिरहेको छ ।

बाटो हिलो र चिप्लो हुँदा उकालो बाटोमा मालबाहक सवारी साधन गुड्न नसकेको नेपालले बताउनुभयो । बाटो विस्तार भइसकेकाले नारायणघाट–बुटबल सडक खण्डको दाउन्ने बाहेकको अन्यत्र भने यात्रा सहज रहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका...

झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत

काठमाडौं । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके...

लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ...

सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा...