भारतीयसहित २६२ जना कैदीबन्दी अझै फरार

Published on

काठमाडौं । कैलाली कारागारबाट फरार भएका १९ भारतीयसहित २६२ जना कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् । जघन्य अपराधसहित विभिन्न मुद्दामा जेल गएका भारतीयसहितका कैदीबन्दी अझै पक्राउ नपरेका हुन् । कैदीबन्दी फरार भएको डेढ महिना पुगिसकेको छ ।

हालसम्म चार सयभन्दा बढि कैदीबन्दी कारागार फर्केको जेलर चिरीञ्जिवी सापकोटाले जानकारी दिनुभयो । कारागार फर्केकामध्ये केही कैदीबन्दी कैद अवधि भुक्तान गरेर छुटिसकेका छन् ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६५ जना कैदीबन्दी फरार भएका थिए । फरार भएकामध्ये धेरैजसो आफैै फर्केका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो । कारागारमा ६६७ जना कैदीबन्दी रहेकोमा एक जना अस्पतालमा उपचाररत अवस्थामा रहेका र अर्का एक कारागारबाट नभागेका जनाइएको छ । 

कारागार प्रशासनका अनुसार पक्राउ पर्न नसकेका १९ भारतीयमध्ये जासिर खान ज्यान मार्ने उद्योग र डाँका, चोरी अपराधमा जेल परेका थिए । यस्तै, हातहतियार र खरखजाना मुद्दामा जेल परेका लखिमपुर खिरीकै विपिन कुुमार, देशराज राना र सौरभ सिंह पनि कारागार नफर्केका जनाइएको छ ।

मानव ओसारपसार तथा शरीर बन्धक मुद्दामा जेल परेका उत्तर प्रदेशको हिना खान पनि फरार रहेको कारागार प्रशासनले जनाएको छ । यसैगरी, वन्यजन्तु सम्बन्धी मुद्दामा जेल परेका पञ्जाबको श्रवणकुमार बाबरिया पनि कारागार नफर्केको जेल सापकोटाले जानकारी दिनुभयो । कारागारबाट फरार रहेका अन्य भारतीयमा १२ जना लागुऔषध र एक जना चोरी मुद्दामा जेल परेका थिए ।

अझै फरार रहेका कैदीबन्दीलाई पक्राउ गरेर कारागार फर्काइने कारागार प्रशासनले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा...

बिहारको बुलन्द नतिजाले मधेशमा थप्यो दबाब : जसपा सचिव साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले...

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

काठमाडौं । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व...

खुकुरीसहित प्रहरीमाथि आक्रमण प्रयास: खाँदबारीमा गोली प्रहार गरी व्यक्ति नियन्त्रणमा

काठमाडौं । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाउँदै प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली...