भारतीयसहित २६२ जना कैदीबन्दी अझै फरार

Published on

काठमाडौं । कैलाली कारागारबाट फरार भएका १९ भारतीयसहित २६२ जना कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् । जघन्य अपराधसहित विभिन्न मुद्दामा जेल गएका भारतीयसहितका कैदीबन्दी अझै पक्राउ नपरेका हुन् । कैदीबन्दी फरार भएको डेढ महिना पुगिसकेको छ ।

हालसम्म चार सयभन्दा बढि कैदीबन्दी कारागार फर्केको जेलर चिरीञ्जिवी सापकोटाले जानकारी दिनुभयो । कारागार फर्केकामध्ये केही कैदीबन्दी कैद अवधि भुक्तान गरेर छुटिसकेका छन् ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६५ जना कैदीबन्दी फरार भएका थिए । फरार भएकामध्ये धेरैजसो आफैै फर्केका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो । कारागारमा ६६७ जना कैदीबन्दी रहेकोमा एक जना अस्पतालमा उपचाररत अवस्थामा रहेका र अर्का एक कारागारबाट नभागेका जनाइएको छ । 

कारागार प्रशासनका अनुसार पक्राउ पर्न नसकेका १९ भारतीयमध्ये जासिर खान ज्यान मार्ने उद्योग र डाँका, चोरी अपराधमा जेल परेका थिए । यस्तै, हातहतियार र खरखजाना मुद्दामा जेल परेका लखिमपुर खिरीकै विपिन कुुमार, देशराज राना र सौरभ सिंह पनि कारागार नफर्केका जनाइएको छ ।

मानव ओसारपसार तथा शरीर बन्धक मुद्दामा जेल परेका उत्तर प्रदेशको हिना खान पनि फरार रहेको कारागार प्रशासनले जनाएको छ । यसैगरी, वन्यजन्तु सम्बन्धी मुद्दामा जेल परेका पञ्जाबको श्रवणकुमार बाबरिया पनि कारागार नफर्केको जेल सापकोटाले जानकारी दिनुभयो । कारागारबाट फरार रहेका अन्य भारतीयमा १२ जना लागुऔषध र एक जना चोरी मुद्दामा जेल परेका थिए ।

अझै फरार रहेका कैदीबन्दीलाई पक्राउ गरेर कारागार फर्काइने कारागार प्रशासनले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...