पौडी खेल्ले क्रममा कालीगण्डकीमा बेपत्ता भएकाको खोजी जारी

Published on

काठमाडौं ।  पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएका किशोर फेला परेका छैनन् । स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दीमा बुधबार पौडी खेल्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखन शाही बेपत्ता हुनुभएको थियो ।

कैलालीबाट भ्रमण आएका शाही कालीगण्डकीमा बेपत्ता हुनुभएको हो । उहाँका साथी १६ वर्षीय बिराज न्यौपानेको भने जीवितै उद्धार गरिएको थियो । स्थानीय र प्रहरीको टोलीले न्यौपानेलाइ उद्धार गरेको स्थानीय शिवहरी अमात्यले जानकारी दिनुभयो ।

देउसी भैलो खेलेर भ्रमण आएको टोलीसँगै आएका दुवै जना पौडीखेल्न कालीगण्डकी नदीमा गएका प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरू ना. ६ ख. २५३१ नम्बरको बसमा साथीहरूसँगै घुम्न आएका हुन् । घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी तथा स्थानीयले बुधबार तथा बिहीबार बिहानैबाट कालीगण्डकीमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...