प्रहरी चौकी आक्रमणमा संलग्न सात जना पक्राउ

Published on

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हुप्सेकोट गाउँपालिका–१ का ३७ वर्षीय नरबहादुर विक, सोही ठाउँका ३२ वर्षीय चुमबहादुर राना, ४२ वर्षका मिनबहादुर थापा, ३८ वर्षका अमरबहादुर कामी, १८ वर्षका ईश्वर सिंह ठकुरी, १९ वर्षका होमबहादुर थापा क्षेत्री र ३८ वर्षका सोवालाल थापा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो ।

आन्दोलनका क्रममा हुप्सेकोट गाउँपालिका–१ बेलुवास्थित प्रहरी चौकीमा अनधिकृत रूपमा प्रवेश गरी कार्यालय भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको घटनामा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

उनीहरूलाई  नवलपुर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार जेनजी आन्दोलनका क्रममा नवलपुरमा नीजि आवास भवन २० वटा, तीन वटा पालिका र ६ वटा वडासहित नौ वटा स्थानीय तहका भवन, पार्टी कार्यालय १६ वटा, दुईवटा प्रहरी चौकी, व्यवशायिक भवन दुई वटा गरी ५० वटा भवनमा आगजनी र तोडफोड भएको थियो ।गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...