राउण्ड धवलागिरी पदयात्रामा अलपत्र परेका १५ जना पर्यटकको उद्धार

Published on

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी हुँदै राउण्ड धवलागिरी पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको उद्धार टोलीले फेला पारेको छ । 

धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा सोमबारदेखि परेको हिमपातका कारण ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए ।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान फेला पारेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘१२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेनासहितको टोली भेट भएका छन् । आज बिहान उनीहरुले सामूहिक रुपमा लन्च पनि गरे । पर्यटकको स्वास्थ्य अवस्था पनि राम्रो छ । अहिले याकखर्क भन्ने ठाउँमा आउन लागेका छन् ।’’ 

पर्यटकको उद्धारका लागि परिचालन भएको संयुक्त सुरक्षाकर्मीको टोलीलाई उहाँले धन्यवाद  दिनुभयो । हिमपात भइरहेकाले पदयात्रामा गएका पर्यटक समस्यामा परेको खबर प्राप्त भएपछि मुस्ताङबाट सुरक्षाकर्मीको उद्धार टोली परिचालन भएको थियो । 

उहाँका अनुसार पदयात्रीहरु सोमवार साँझदेखि ‘हिडन भ्याली’ मा परेको बाक्लो हिउँमा फसेका थिए । सो स्थान हिडन भ्याली धवलागिरी र सीता हिमाल बिचको पास काटेर तल टुक्चेपीको पछिल्लो पाखामा समुद्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्दछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...