धनकुटाको तिनघुम्तीमा बस दुर्घटना : एकजना घाइते

Published on

काठमाडौं । धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने ९ बजेको दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस सडकमा पल्टिएको हो ।

बसको हावाको अचानक पाइप पड्किएर अनियन्त्रित हुँदा सडकमा पल्टिर दुर्घटना हुँदा बसमा सवार मोरङको लेटाङ नगरपालिका–३ बस्ने ५५ वर्षीया मिना गुरुङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा करिब २७ जना सवार रहेका थिए । घाइते गुरुङको ढाडमा चोट लागेको र उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...